वर्तमान सरकार लुटेराहरूको सरकार: प्रभु साह

२०८१ भाद्र ११, मंगलवार

काठमाडौँ : आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार लुटेराहरूको सरकार भएको आरोप लगाएका छन्।

काठमाडौंमा मङ्गलवार देखी सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताको लागि केही गर्न नसक्ने बताए।

प्रमुख पार्टीका शीर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप लगाए । उनले अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रुपमा चल्न नसकेको गुनासो गरे । उनले राज्यको मातहत रहेका संस्थाहरूलाई दोहन गरेर डुबाउन लागिपरेको पनि आरोप लगाए। जनतालाई करको बोझ बोकाएर सत्तामा बसेर लुट मच्चाइरहेको धारणा राखे।

वर्तमान सरकार र दलहरूले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताए।आम जनता पार्टीको केन्द्रीय समितिको बैठक मंगलवार र बुधवार चल्ने कार्यतालिका रहेको बताइएको छ। बैठकले सडक आन्दोलनका केही कार्यक्रम बनाउने पनि अध्यक्ष साहले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार