जनताको हस्तक्षेप सुरु भयो, दलहरू सच्चिनुपर्छ : रवि

२०८१ भाद्र ११, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले राजनीतिक दलहरू सच्चिनुको विकल्प नरहेको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन् ।

आमनागरिकले राजनीतिक दललाई चासोसाथ हेर्न थालेको भन्दै उनले हस्तक्षेप नै गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडिखेल घटनाबाट देखिएको बताए । लामिछानेले दुईतिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको बताउँदै नतिजामुखी काम गर्न सक्नुपर्ने धारणा पनि राखेका छन् ।

रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने पनि लामिछानेले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार