नेकपा एसको काठमाडौँ जिल्ला उपाध्यक्ष र सचिवसहितले त्यागे पार्टी

२०८१ भाद्र ११, मंगलवार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीको काठमाडौँ जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको निर्वाचन चलिरहेका बेला काठमाडौंका प्रभावशाली अन्य नेताहरुसहित उनीहरुले पार्टीबाट छाडेका छन् । नेकपा एस परित्याग गर्नेमा काठमाडौँ क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इञ्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।

त्यस्तै नेकपा एस परित्याग गर्नेमा बुढानीलकण्ठ नगर कमिटी उपाध्यक्ष विष्णु भट्टराई, सचिव बिमल लामा,जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानीलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दिपेश थापा,कृष्णहरी खड्का,कीर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा,महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।

नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा,चन्द्रागिरि नगर अध्यक्ष प्रदिप रिजाल,काठमाडौं क्षेत्र नम्बर १० (ख) को प्रदेश संयोजक तथा जिल्ला कमिटी सदस्य राजाराम कार्की छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार