भारी वर्षाका कारण १६ जनाको मृत्यु

२०८१ भाद्र १२, बुधबार

काठमाडौँ : भारतीय राज्य गुजरातमा ३ दिनदेखि जारी वर्षाका कारण धेरै क्षेत्र जलमग्न भएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनमा १६ जनाको मृत्यु भइसकेको छ। बाढीका कारण गुजरातका धेरै क्षेत्रमा मानिस अलपत्र परेका छन्। राजमार्गमा सवारीसाधनको लामो लाइन देखिएको छ। मुसलधारे वर्षाले सौराष्ट्रका जताततै विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ।

भारी वर्षाका कारण नदीमा पानीको बहाव निकै बढेको छ। खोलाको पानी आसपास क्षेत्रमा पसेपछि मानिसहरू सुरक्षित स्थानमा जान बाध्य भएका छन्। गुजरात सरकारका अनुसार भारी वर्षाका कारण अहिलेसम्म २३ हजार ८७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

बडोदरा र जामनगरमा उद्धारका लागि वायुसेना तैनाथ गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट १ हजार ६ सय ९६ जनालाई विस्थापित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार