नयाँ मुख्य सचिव नियुक्तिको तयारी

२०८१ भाद्र १३, बिहीबार

काठमाडौं : मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आजको बैठक नियमित हो। बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ । आजको बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो । हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो ।

गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार