ढुंगेअड्डामा नम्बर नखुलेको सवारी साधनले किच्दा ४० वर्षीय पुरुषको मृत्यु

२०८१ भाद्र १३, बिहीबार

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गेअड्डामा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। गएराति कलंकीबाट थानकोटतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारी साधनले किच्दा नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिएर फरार भएको सवारी साधन र त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार