११९ करोडको घरमा सिफ्ट हुँदै रणवीर र दीपिका

२०८१ भाद्र १४, शुक्रबार

काठमाडौँ : बलिवुडको पावर कपल रणवीर सिंह र दीपिका पादुकोण ११९ करोडको नयाँ घरमा सिफ्ट हुने भएका छन्।

आफ्नो पहिलो सन्तानको स्वागत गर्ने तयारी स्वरुप रणवीर र दीपिका नयाँ घरमा सिफ्ट हुन लागेका हुन्। बलिवुडका किङ्ग खान शाहरुख खानको घर मन्नत नजिकै दीपिका र रणवीरले आफ्नो नयाँ घर खरिद गरेका हुन्। जसको भित्रि काम भइरहेको छ।

दीपिका र रणवीरको उक्त घरलाई भारतको सबैभन्दा महँगोमध्यको एक बताइएको छ। जसमा ११ हजार २६६ वर्ष फिटको कर्पोरेट क्षेत्र रहेको छ। ४ तल्ले उक्त घरमा विभिन्न सुविधा पनि रहेको बताइएको छ।

दीपिका र रणवीरले गत फेबु्रअरीमा यसबारे जानकारी दिँदै सेप्टेम्बरमा आफ्नो सन्तानको स्वागतसहित नयाँ घरमा सिफ्ट हुने बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार