काठमाडौँ : नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। शुक्रबार दिउँसो समर्थन फिर्ताको जानकारी गराउन लागिएको प्रदेश सांसद दुर्गाप्रसाद चापागाईंले जानकारी दिए।
लगत्तै, शुक्रबार नै संसद् सचिवालयलाई पनि पत्राचार गरेर जानकारी गराउने उनले बताए। एमालेका मुख्यमन्त्री कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका सांसदले समर्थन गरेका थिए।
केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको थियो। कार्कीले गत जेठ १ गते विश्वासको मत लिएका थिए।
शुक्रबारबाट सरकारलाई दिएकोे समर्थन पनि फिर्ता लिन लागेको हो।





