सगरमाथा जोगाउने वीर भनेकै शेर्पाहरू हुन् : पर्यटनमन्त्री पाण्डे

२०८१ भाद्र १४, शुक्रबार

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने वीरहरू भनेका शेर्पा समुदाय भएको बताएका छन्। शुक्रबार नेपाल  पर्वतीय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिएजस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताएका हुन्।

मन्त्री पाण्डेले भने, ‘प्रत्येक समाज र देशको आ–आफ्नै संस्कृति छ। वीर गोर्खाली र हाम्रा पाैरख गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन्।
हाम्रा साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुभएको छ।’ संस्कार र संस्कृति गुमाउने हो भने नेपालको आफ्नो अस्तित्वसमेत गुम्ने मन्त्रीको भनाइ थियो।

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनुपर्ने धारणासमेत व्यक्त गरे। ‘अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनुपर्छ। सोलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै होइन, संसारभरका विद्यार्थी पढ्ने गरेर दायरा विस्तार हुनेमा म विश्वस्त छु।’

कार्यक्रममा पूर्वमन्त्री बलबहादुर केसी, पूर्वमन्त्री शंकरप्रसाद कोइराला, प्रतिष्ठानका पूर्वअध्यक्ष शंकरप्रसाद पाण्डे, प्रतिष्ठानका पूर्वअध्यक्ष प्रेमकुमार श्रेष्ठ, सन्तोष थापामगर, लाप्पा फुटी शेर्पालाई सम्मान गरिएको थियो। कार्यक्रममा माउन्टेन एकेडेमीका विद्यार्थीले अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमालको विमोचनसमेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार