सुनसरीमा चट्याङ लागेर एक किशोरको मृत्यु

२०८१ भाद्र १५, शनिबार

इनरुवा : सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।

अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार