प्रधानमन्त्री र गृहमन्त्रीको पार्टी संगठनको लडाइँका कारण विद्यार्थीले पढ्न पाएनन्: सुमना श्रेष्ठ

२०८१ भाद्र २४, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री र गृहमन्त्रीका पार्टी निकट विद्यार्थी संगठनबीचको लडाइँका कारण विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीले पढ्न र जाँच दिन नपाएको बताएकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले दुई विद्यार्थी संगठनको लडाइँमा पढ्छुमात्रै भन्ने विद्यार्थीहरूले जाँच पनि दिन नपाएको बताएकी हुन्। उनले विश्वविद्यालयमा पढाई कम राजनीति बढी हुने पनि बताइन्।

‘विद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थाल्यो। एउटा प्रमको पार्टी अर्को गृहमन्त्रीको पार्टी,’ उनले भनिन्।जेनतेन पढाई गरेकाहरूले समयमा दीक्षित हुन नपाएको पनि सांसद श्रेष्ठले बताइन्।

‘विद्यार्थीहरूलाई के गर्न सिकाउँदैछौं? न पढ्न दिन्छौं, तालाबन्दी गर्छौं। जेनतेन पढेर जाँचमा जान्छौं। जाँचपनि राम्ररी हुन दिँदैनौं। दीक्षित भएपछि दीक्षान्त समारोह पनि रोकिदिन्छौं,’ उनले भनिन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दीक्षान्त समारोह प्रधानमन्त्रीकै कारण रोकिएको उनले बताइन्। ‘एएफयुको जाँच कहिले हुन्छ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह कहिले हुन्छ?,’ प्रधानमन्त्री ओलीलाई सम्वोधन गर्दै सांसद श्रेष्ठले सोधिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार