प्रहरी नियन्त्रणबाट फर्किएर पूर्वमुख्यमन्त्री कार्की पुनः बसे अनशन

२०८१ भाद्र २५, मंगलवार

विराटनगर : कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की फेरि आमरण अनशनमा बसेका छन् । मंगलबार बेलुका प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएर निवास छाडे लगत्तै फर्किएर पुनः अनशन बसेका हुन् ।

आजै अपराह्नदेखि कार्कीले कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टीको वनसखण्डी मन्दिर अगाडि अनशन थालेका थिए । तर, साँझ निषेधित क्षेत्रभित्र अनशन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरी भ्यानमा राखेर कार्की निवास टंकीसिनवारी छाडिएको थियो । लगत्तै सहयोगीहरूका साथ फर्किएर अनशन सुरु गरेका छन् ।

साँझ कार्कीका समर्थक र प्रहरीबीच घम्साघम्सी र झडप भएको थियो । मोरङ प्रहरीका एसपी नवराज कार्की नेतृत्वको टोलीले अनशनकारी र समर्थकलाई नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार