सुरक्षा उपकरण बिग्रिन थालेपछि खादा/माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आग्रह

२०८१ भाद्र २७, बिहीबार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा उपकरण बिग्रिन थालेपछि खादा, माला लगायत देखिनेगरी नल्याउन आग्रह गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आज एक सूचना जारी गर्दै यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो।

यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याउनु थालेपछि कार्यालयले देखिनेगरी खादा, माला नल्याउन भनेको हो।

‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार