काठमाडौँ : मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ।
विद्यार्थीहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले बिहीबार निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चुनाव स्थगित भएको हो। चुनाव शुक्रबार हुने कार्यतालिका थियो।
विश्वविद्यालयका विद्यार्थी रञ्जित विकसमेतले मतदाता नामावलीमा आफूहरुको नाम समावेश नभएको भन्दै निर्वाचन स्थगितको मागसहित रिट दायर गरेका थिए।
न्यायाधीश मदन पोखरेलको एकल इजलासले छलफलका लागि असोज ६ गते दुवै पक्षलाई बोलाएको छ।





