एमालेसँगको गठबन्धन ०८४ सम्मै जान्छ : कांग्रेसका उपसभापति गुरुङ

२०८१ भाद्र २७, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा एमालेसँगको सत्ता गठबन्धन ०८४ सम्म टिक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहीबार कांग्रेसको स्थानीय तह समन्वय विभागले आयोजना गरेको एक समारोहमा उनले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने बताएका हुन् ।

उपसभापति गुरुङले दुई वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा पार्टीको पूर्ण सहयोग रहने र सहयोग गर्नुपर्ने बताए ।

‘०८४ सम्म गठबन्धन अघि बढ्छ । दुई वर्ष एमाले अध्यक्षलाई प्रधानमन्त्रीको रूपमा पूर्ण सहयोग हुन्छ । गरिनुपर्छ,’ उनले भने, ‘त्यसपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार बन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार