कोशी सरकारले पायो पूर्णता, कांग्रेसका ४ मन्त्रीद्वारा शपथग्रहण

२०८१ भाद्र २८, शुक्रबार

काठमाडौँ : कोशी प्रदेश सरकारले आज लामो समयपछि पूर्णता पाएको छ। नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री पठाएका छन्। जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री र खगेनसिं हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै शपथ ग्रहण गरेका छन्।

यस्तै भूमिप्रसाद राजवंशीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यसअघि नै एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री लिने सहमति भएको थियो।

असार १७ गते केन्द्रमा एमाले कांग्रेसको गठबन्धन बनेपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार