डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

२०८१ भाद्र २८, शुक्रबार

धनगढी : डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । शुक्रबार बिहान केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द स्थानीय गन्ने खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईले वाइल बजारमा दुध पुर्‍याउन जाने क्रममा बिहान ७ बजे बालिकालाई खोलाले बगाएको खबर प्राप्त भएको बताए ।

अहिले स्थानीयको सहयोगमा प्रहरीले बालिकाको खोजी गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार