पत्रकार महासंघको निर्वाचन असोज १२ का लागि प्रस्ताव

२०८१ भाद्र २८, शुक्रबार

काठमाडौं : नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने भएको छ ।

यही असोज ५ गतेका लागि तय निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो ।

कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन असोज १२ गते शनिबार गर्ने गरी सम्पूर्ण तयारी गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी दिएका हुन् ।

महासंघले शुक्रबार नै सम्पूर्ण मतदाताको नामावलीसमेत निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।

मतदाता सूची शनिबारका सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको कार्यवाहक अध्यक्ष विष्टले जनाएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार