गुडिरहेको गाडीमा खस्यो पहिरो

२०८१ भाद्र २८, शुक्रबार

कालीकोट : कर्णाली राजमार्गमा गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको छ ।

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो । गाडी पूर्णरूपमा क्षतिग्रस्त भएपनि मानवीय क्षति भने नभएको कालीकोट प्रहरीले जनाएको छ ।

गाडीमा रहेका चालक र सहचालकले भने भागेर ज्यान जोगाएका छन् । यात्री झारेर अगाडि बढ्दा गाडीमा पहिरो खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार