आन्दोलनरत मजदुरको ढुंगा प्रहारबाट ४ प्रहरी घाइते

२०८१ भाद्र २९, शनिबार

रसुवा : आन्दोलनरत मजदुरको ढुङ्गा प्रहारबाट रसुवाको मैलुङमा चार प्रहरी घाइते भएका छन् ।

आमाछोदिङ्मो  र उत्तरगया गाउँपालिकाको सिमानामा निर्माणाधीन दुई सय १६ मेगावाट ‘अपर त्रिशूली–वान’ जल विद्युत् आयोजनाको मैलुङस्थित कार्यालयमा आन्दोलनरत मजदुरबाट प्रहार भएको ढुङ्गामुढाले सुरक्षाकर्मी घाइते भएका हुन् ।

घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आयोजनामा कार्यरत मजदुरको काम गर्ने समय फेरबदल गराई जिम्मेवार पक्षले कामदारलाई आफ्ना नीति र सिद्वान्तको विषयमा प्रशिक्षणमार्फत स्पष्ट गराउन नसकेकाले आन्दोलनमा उत्रेका मजदूरहरूको भनाइ छ । उनीहरूले आयोजनाको साइट अफिस तथा आवासमा ढुङ्गा प्रहार गर्दा केही झ्याल तथा ढोकाका सिसाहरू फुटेका छन् ।

मजदुरलाई श्रम शोषण गर्ने गराउने अभिप्रायले पाइराखेको मजदुरी ज्याला घटाएकाले आन्दोलनमा उत्रिन परेको कामदारले बताएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले मजदुरबाट स्थिति भयावह भएपछि सुरक्षा अवस्था सुदृढ पार्न सुरक्षाकर्मीद्वारा लाठी एवं केही राउन्ड अश्रुग्यास प्रहार गरिएको बताए ।

घटनास्थलमा  सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकहरूको कमान्डमा गएको सुरक्षा फौजले मात्र आन्दोलन नियन्त्रणमा लिन नसकेपछि छिमेकी जिल्ला नुवाकोटबाट थप सुरक्षाकर्मी झिकाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार