मेरो जोसले ०८४ को चुनावमा माओवादीलाई नयाँ ठाउँमा पुर्‍याउँछु: अध्यक्ष प्रचण्ड

२०८१ भाद्र २९, शनिबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको विद्रोहले ल्याएको व्यवस्थमा बसेर माओवादीलाई नै अपमानित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

मोरङको ग्रामथानमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी एकताबद्ध भएर अगाडि बढे कसैले रोक्न नसक्ने बताए।
विचौलिया र दलालहरु मिलेर संख्याको बलमा सत्यको गला रेट्ने काम भइरहेको बताए। उनले जनताले दलाल र भ्रष्टहरुका विरुद्ध लाग्नुपर्ने समय आउने बताए।

उनले भने, अहिले म जीवनको उत्तरार्धतिर छु। किन हो मलाई अलि बढी जोस आउन थालेको छ। मलाई जोस आएकै छ। भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु। मलाई अरु केही गर्नु छैन।’

उनले आगामी निर्वाचनपछि माओेवादी नयाँ ठाउँमा पुग्ने दाबी गरे। उनले भने, मलाई भरोषा छ, आउने निर्वाचनमा जनताले हामीलाई फेरि सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्याउँदा र शक्तिशाली भएर आउँदा मात्रै देशमा जनताले खोजेको परिवर्तन साकार हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार