सदन खुलाउने विषयमा छलफल सुरू

२०८१ भाद्र ३०, आईतवार

काठमाडौं : प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल सुरू भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भइरहेको हो। छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरू छन्।

सभामुख घिमिरेले भदौ २६ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रूलिङ गरेका थिए। सांसद भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा प्रयोग गरेको भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए। सभामुखले त्यसकै निर्णय सुनाउँदै हिंसाअसंसदीय नरहेको बताएका हुन्।माओवादी केन्द्रका सांसदहरूले त्यसको प्रतिवाद गरेका थिए।

माओवादी केन्द्रका सांसदले संसद सञ्चालनमा अवरोध पुर्‍याएपछि बैठक स्थगित भएको थियो। सभामुखले त्यसबारे छलफल गर्न आज बैठक बोलाएका थिए। गत भदौ २५ गते माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले दलको नियमापत्तिको निर्णय सुनाउन अन्तिम अल्टिमेटम दिएअनुसार रुलिङ गरेको सभामुख घिमिरेले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार