उपसभापति गुरुङमाथि गहिरो छानबिन होस् : विश्वप्रकाश शर्मा

२०८१ भाद्र ३०, आईतवार

हेटौंडा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने माग गरेका छन्।

आइतबार कांग्रेसको केन्द्रीय स्थानीय समन्वय विभागले हेटौंडामा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उनले गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने धारणा राखेका हुन्।

‘आरोप लागेपछि स्वयम् उपसभापति गुरुङले समेत संसद्‌मा आफूमाथि छानबिनका लागि आग्रह गर्नुभएको छ। आफूलाई नयाँ भन्ने पार्टीका साथीहरूले हाम्रो सभापतिलाई फसाउन खोजियो, छानबिन गर्न पाइँदैन भन्नुभयो’, राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेप्रति इङ्गित गर्दै उनले भने, ‘म हेटौंडामा उभिएर एउटा पुरानो पार्टीको महामन्त्रीले मेरै पार्टीको उपसभापतिलाई गहिरोसँग छानबिन गरियोस् भन्ने माग गर्दछु। जन्म मितिले कुनै दल नयाँ हुने होइन, कामले नयाँ हुनुपर्‍यो। प्रवृत्ति र संस्कृति नयाँ हुनुपर्‍यो।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार