दाेलखा : गाैरीशंकर गाउँपालिका–४ झ्याकुमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य चार ४ जना घाइते भएका छन् । बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार साँझ दुर्घटना हुँदा गाैरीशंकर -३ कि ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीय पसि शेर्पाकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।दुर्घटनामा चालक मिङमार शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
घाइतेलाई उद्वार गरेर सिंगटी प्राथमिक अस्पतालमा ल्याइएकाे छ । बोलेराे जिप अनियन्त्रित भएर वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।





