घट्यो सुनचाँदीको मूल्य

२०८१ आश्विन ३, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ५५ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ९० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय ८० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार