काठमाडौं : सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकस्थित सडकमा उदयपुरबाट झण्डा चोकतर्फ जाँदै गरेको प्र.१-०२-०४४ प २७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका-८ बस्ने ६२ वर्षीय योगेन्द्रराज तामाङको मृत्यु भएको छ ।
आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





