आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी

२०८१ आश्विन ९, बुधबार

काठमाडौं : सामाजिक सञ्जालमा भाइरल भइरहेकी अभियन्ता आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी परेको छ ।

केही दिनअघि उनले सो नगरपालिका अन्तरगत पर्ने एउटा झोलुंगे पुलमा भइरहेको रकम असुलीको विरोध गर्दै बनाएको भिडिओ भाइरल भएपछि नगरपालिका कानूनी प्रतिवादमा उत्रेको हो । झोलुंगे पुलमा जान २० रूपैयाँको टिकट काट्नुपर्ने भनिएपछि आशिकाले हंगामा गरेकी थिइन् । उनले टिकट काट्न व्यक्तिहरूलाई हप्किदप्की गर्नुका साथै साइनबोर्ड फुटाउने र टिकटहरू च्यातचुत पार्ने काम गरिन् । आइन्दा उक्त पुलमा कर नउठाउन चेतावनी दिएर उनी हिँडेकी थिइन् ।

नगरपालिकाले भने उक्त पुल आवातजावत प्रयोजनका लागि नभएर पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क लिइएको दाबी गरेको छ । यही विषयमा नगरपालिकाले आशिकाविरुद्ध बुधबार महानगरीय प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो ।

भक्तपुर प्रहरी प्रवक्ता मोहनमणि अधिकारीले जाहेरी आएको पुष्टि गर्दै अनुसन्धान सुरू भएको बताए । तामाङले ‘आपराधिक उपद्रव’ गरेको आरोप जाहेरीमा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
3
+1
1
+1
0
+1
0

ताजा समाचार