काठमाडौँ : भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति दुबईका लागि उड्न लागेको एमिरेट्सको विमानमा अचानक आगलागी भएको छ।
तर बेलैमा आगो नियन्त्रणमा लिइएकाले विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा विमानबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार उडान भर्नुअघि विमानमा इन्धन भरिँदै गर्दा यो दुर्घटना भएको बताइएको छ।
ग्राउन्ड स्टाफले खिचेको भिडियोमा विमानस्थलका कर्मचारीले आगो निभाउने प्रयास गरिरहेको देखिन्छ। अग्निनियन्त्रकहरूले आगो निभाउन विमानको पछाडिको भागमा पानी खन्याइरहेको देखिन्छ। यो घटनापछि एमिरेट्सले विज्ञप्ति जारी गर्दै प्राविधिक गडबडीका कारण उडान ईके५४७ सेप्टेम्बर २४ का दिन गन्तव्य प्रस्थान गर्न ढिला भएको जनाएको छ।
एमिरेट्सले भनेको छ- चेन्नईबाट दुबई जाने उडान ईके५४७ मा सेप्टेम्बर २४ मा प्राविधिक समस्याका कारण ढिलाइ भयो। इन्जिनियरिङ जाँचपछि उडान दुबई जान अनुमति दिइयो। एमिरेट्स आफ्ना यात्रुहरूलाई पर्न गएको असुविधाका लागि माफी चाहन्छ र हाम्रा यात्रुहरू र चालक दलका सदस्यको सुरक्षा सबैभन्दा माथि छ।
यो घटनापछि यात्रुमा चर्को आक्रोश देखिएको छ। सतीश नामका यात्रुले एक्समा लेखेका छन्, ‘हामीलाई विमानमा बोर्डिङ गरेपछि ५० मिनेट बाहिर उभिन लगाइयो र उडान २.५ घण्टा ढिला भयो।





