काठमाडौँ : चीन गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली काठमाडौँ फर्केको छ। रास्वपा टोली सोमबारै स्वदेश फर्किने भनिए पनि टिकट नपाएको भन्दै बिहीवार बिहान मात्र काठमाडौं आएको हो।
दस दिने भ्रमणका लागि उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको १४ सदस्यीय टोली शनिवार राति चीन गएको थियो। तर, सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै टोली भ्रमण छोट्याएर बिहीवार स्वदेश फर्किएको हो।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहितको टोली चीन गएको थियो।





