ऋणमाथि ऋण थप्दै पाकिस्तान, आईएमएफसँग थप ७ अर्ब अमेरिकी डलर लिने

२०८१ आश्विन १०, बिहीबार

काठमाडौँ : अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ । पाकिस्तानी प्रधानमन्त्री कार्यालयले आईएमफको सञ्चालक समितिले ऋण अनुमोदन गरेको जनाएको छ ।

खस्कँदो पाकिस्तानी अर्थतन्त्रलाई सुदृढ बनाउनका लागि आईएमएफले ऋण दिन लागेको हो । पाकिस्तानी अर्थतन्त्र उकास्नका लागि प्रधानमन्त्री शेहबाज शरिफको सरकारले आईएमएफसँग ऋण मागेको थियो ।

पाकिस्तानले कृषि करको ढाँचामा सुधार, राज्यलाई वित्तीय अनुसन्धानमा जिम्मेवार बनाउनेलगायतका वाचा गरेपछि मात्र आईएमएफ ७ अर्ब अमेरिकी डलर ऋण दिन मन्जुर भएको हो । अर्थतन्त्र खस्किएपछि पछिल्लो समय पाकिस्तान आईएमएफकै ऋणमा भर पर्दै आएको छ ।

सन् १९५८ पछि पाकिस्तानले आईएमएफसँग २२ पटक ऋण लिइसकेको छ । अघिल्लो महिनाको तथ्यांकअनुसार पाकिस्तानको बाह्य ऋण १३० अर्ब अमेरिकी डलर नाघिसकेको थियो । जसमध्ये झन्डै ३० प्रतिशत हिस्सा छिमेकी मुलुक चीनकै छ ।

आगामी ३ वर्षभित्र पाकिस्तानले ९० अर्ब अमेरिकी डलर बाह्य ऋण तिरिसक्नुपर्नु बाध्यतासमेत छ । पाकिस्तान आईएमएफको पाँचौँ ठूलो ऋणी राष्ट्रसमेत हो । जुलाई ११ सम्मको तथ्यांकअनुसार पाकिस्तानले आईएमएफलाई ६.२८ अर्ब अमेरिकी डलर ऋण तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार