चिनियाँलाई नेपाली नागरिकता दिने नासु पक्राउ

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौं : एक चिनियाँलाई नेपाली नागरिकता बेचेको आरोपमा जिल्ला प्रशासन कार्यालय, धादिङका नायब सुब्बा कृष्णप्रसाद थपलिया पक्राउ परेका छन् । यसअघि पक्राउ परेकाको बयानका आधारमा धादिङ प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।

उनको नागरिकतामा अधिकृत छत्र अधिकारीले हस्ताक्षर गरेका छन् । चीनको तिब्बत घर भएका सोनाम तामाङले चार लाख खर्च गरेर जिल्ला प्रशासन, धादिङबाट नागरिकता लिएको खुलेपछि कर्मचारी पनि छानबिनमा तानिएका हुन् । जिल्ला प्रशासनका कर्मचारीलाई ५० हजार रुपैयाँ घुस दिएर सम्बन्धित व्यक्तिसमेत उपस्थित नभई नागरिकता लिएको खुलेको छ ।

प्रहरीले सोनामसहित पाँचजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले सोनामसहितका व्यक्तिलाई गत ४ असोजमा बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनी चिनियाँ नागरिक रहेकोमा नेपाली नागरिकता भेटिएपछि प्रहरीले छानबिन गर्दा २६–०१–८१–०३२१७ नम्बरको सो नागरिकता सक्कली भएको खुल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार