प्राइम कमर्सियल बैंक वित्तीय कारोबार सञ्चालनको १८औं वर्षमा प्रवेश

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौं : नेपाली बैकिङ क्षेत्रमा निकै नै सबल, सक्षम र सुुशासनयुुक्त बैंकको रूपमा परिचय स्थिापित गरेको प्राइम कमर्सियल बैंक लिमिटेड वित्तीय कारोबार सञ्चालनको १८ औं वर्षमा प्रवेश गरेको छ ।

देशको समृद्धिका हरेक पक्ष र पाइलामा ईँटा थप्दै जाने अर्थात सहयात्री बन्ने लक्ष्यका साथ अघि बढेको बैंकको १९ अर्बभन्दा बढी चुक्ता पुँजी रहेको छ । बैंकको २ खर्ब १३ अर्बभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ खर्ब ९५ अर्बभन्दा बढी कर्जा तथा सापटी प्रदान गरेको छ । बैंकमा ३१ अर्बभन्दा बढी पूँजीकोष रहेको यस बैंक स्थापनाको उद्देश्य सबै वर्गका ग्राहकदेखि साना ठूला उद्यमी, कृषकदेखि उपभोक्तासम्मले बैंकमा पहुँच पुग्नु् पर्छ भन्ने थियो । देशमा बैकिङ पहुँच विस्तारसँगै सबै खाले व्यक्तिहरूको जीवनस्तर उकास्ने यस बैंकको मूल गन्तव्य हो ।

विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभेलपमेण्ट बैंक, कनकाई विकास बैंक र कैलाश विकास बैंक गाभेर अहिलेको प्राइम कमर्शियल बैंक बनेको हो । सोही उद्देश्य अनुसार बैंकले हाइड्रोपावरदेखि सिमेन्ट फ्याक्ट्रीसहित देशको अर्थतन्त्रलाई बलियो बनाउन मूख्य भूमिका खेल्दै आएको छ । बैंकको राज्य निर्देशित क्षेत्रमा ३०.२७ प्रतिशत लगानी रहेको छ ।

बैंकले कुल कर्जा लगानीमा गत आर्थिक वर्षको अन्त्यसम्म ११.०६ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको छ भने ११.८५ प्रतिशत हाइड्रोपावर क्षेत्रमा र ७.३६ प्रतिशत एमसीएसएमआई क्षेत्रमा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार