बैतडीमा जिप दुर्घटना, ६ जना घाइते

२०८१ आश्विन ११, शुक्रबार

बैतडी : बैतडीमा बिहीबार राति जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–३ डुवापानीमा से १ ज ३२० नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। दशरथचन्द नगरपालिका-३ का ४५ वर्षीय दिलीप नाथ, सोही ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६  वर्षीय केशव नाथ, १६  वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ घाइते भएका छन्।

जिपमा ८ जना सवार थिए। अन्य २ जना सकुसल छन्। सामान्य घाइते ५ जना जिल्ला अस्पतालमा उपचारपछि राति नै घर फर्किएका थिए।गम्भिर घाइते दिलिप नाथलाई थप उपचारका लागि राति नै धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। उनको हात र पिठ्युमा चोट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार