नागढुंगाको सुरुङमार्ग नजिकै लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौँ : अविरल वर्षासँगै नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

बाटो बन्द हुँदा सवारी साधन र यात्रुहरु बीच बाटोमै रोकिएका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। एकनास परेको पानीले मानिसहरूलाई आवतजावतमा पनि समस्या परेको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार