टिपर र एक्साभेटर त्रिशुली नदीको बीच भागमा फस्यो

२०८१ आश्विन ११, शुक्रबार

गोरखा : गोरखाको गण्डकी गाउँपालिका–१ स्थित बुट्टारमा रहेको सुपर त्रिशूली आयोजना निर्माण कम्पनीको टिपर र एक्साभेटर नदीको बीच भागमा फसेको छ ।

त्रिशुली नदीलाई दुई भंगालो बनाएर भएको टापुमा दुई दिनदेखिको वर्षाका कारण त्रिशूली नदीमा बाढी आउँदा आयोजनाका ३ वटा टिप्पर र ३ वटा एक्साभेटर फसेका हुन् । लगातारको वर्षातका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकाले सवारीसाधन निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार