बाढीमा बगेको ग्यास बुलेटको जोखिम कायमै

२०८१ आश्विन १२, शनिबार

ललितपुर : नेपाल आयल निगमले ललितपुरको बालकुमारीबाट बगेर च्यासलस्थित पुलमा अड्केको ग्यास बुलेटका कारण जोखिम कायमै रहेको जनाएको छ ।

निगमले शनिबार विज्ञप्ति जारी गर्दै हनुमन्ते खाेलाकाे बाढीले बगाएको बुलेटबाट ग्यास चुहिएर सकिए पनि जोखिम रहिरहेको जनाएको हो । बुलेटलाई उक्त स्थानबाट नहटाएसम्म वरपरका क्षेत्रमा अग्निजन्य पदार्थ प्रयोग नगर्न र त्यसको नजिक नजान निगमले अनुरोध गरेको छ ।

हनुमन्ते खोलाको बाढीले बगाएको बालकुमारीस्थित भ्याली अटो ग्यास प्रालिको बुलेट च्यासलस्थित पुलमा पुगेर अड्किएको थियो । पुलमुनि बुलेट अड्किएपछि पानीको बहावसमेत रोकिएको थियो । जसका कारण वरपरका स्थानीयको घरमा पानी पसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार