झ्याप्लेखोला पहिरोमा पुरिएको बसबाट थप ३ जनाको शव निकालियो

२०८१ आश्विन १३, आईतवार

धादिङ : धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका बसबाट थप ३ जनाको शव निकालिएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार काठमाडौंतर्फ आउँदै गरेको बसबाट थप ३ जनाको शव निकालिएको हो। नम्बर नखुलेको उक्त बस गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको आशङ्का गरिएको छ। यसअघि, शनिवार पहिरोमा पुरिएको बस र माइक्रोबाट गरी १४ जनाको शव निकालिएको थियो।

अहिले पनि सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा उद्धार कार्य जारी छ। बस र माइक्रोमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार