डीआईजी यज्ञविनोद पोखरेलको अवकाश

२०८१ आश्विन १४, सोमबार

काठमाडौँ : प्रहरीका डीआईजी यज्ञविनोद पोखरेलले अवकाश पाएका छन् ।

पोखरेललाई निमित्त आईजीपी टेकप्रसाद राईले बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा निमित्त आईजीपी राईले संगठनले सुम्पिएको जिम्मेवारी पोखरेलले इमान्दारिता पूर्वक पुरा गरेको बताए । उनलाई मायाको चिनो प्रदान गरेर राईले बिदाइ गरे । डीआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा गएका हुन् । प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् ।

२०५२ कार्तिकमा प्रहरीमा प्रवेश गरेको पोखरेलले एसपी हुँदा रौतहट र सुनसरीको कमान्ड गरेका थिए । एसएसपी हुँदा ललितपुरको कमान्ड गरेका उनले डीआईजीमा मधेस प्रदेशको कमान्ड गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार