महिला टी-२० विश्वकपमा इङ्ल्याण्डको लगातार दोस्रो जित

२०८१ आश्विन २२, मंगलवार

काठमाडौं : जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ। सोमबार राति सम्पन्न खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो।

दक्षिण अफ्रीकाले दिएको १२५ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो।

योसँगै इङल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समूह बी मा २ खेलमा ४ अंक भएको छ। त्यस्तै पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार