बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

२०८१ आश्विन २२, मंगलवार

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलूकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगत देखीनै सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार