राप्रपा महामन्त्रीको शल्यक्रिया सफल, अवस्था सामान्य

२०८१ आश्विन २४, बिहीबार

काठमाडौँ : दाँतको गिजाको क्यान्सर उपचार गराइरहेका राप्रपाका महामन्त्री डा धवलशमशेर राणाको शल्यक्रिया सम्पन्न भएको छ ।

भारतको मुम्बईस्थित पुण्यश्लोक अहिल्याबाई होल्कर, हेड एण्ड नेक क्यान्सर इन्स्टिच्युटमा उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । सुल्तान प्रधान नेतृत्वको टीमले शल्यक्रिया गरेको र अहिले अवस्था सामान्य सामान्य रहेको पारिवारिक स्रोतलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार