काठमाडौंबाट दोलखा जाँदै गरेको जीप दुर्घटना: दुई जना गम्भीर घाइते

२०८१ आश्विन २४, बिहीबार

काठमाडौं : काठमाडौंबाट दोलखा जाँदै गरेको जीप गाडी दुर्घटना परेको छ। काठमाडौंबाट मेलुङ गाउँपालिका-४ जाँदै गरेको बागमती प्रदेशको ०१- ०२७ च २७५१ नम्बरको जीप शैलुङ गाउँपालिका-२ मा बिहीबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो।

जीप आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको थियो। उक्त जीपमा सवार १२ यात्रुमध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकाे छ।

घाइते ६ जनामध्ये ५ लाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ। त्यसमा दुई जनाको अवस्था गम्भीर रहेकाे बताइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार