काठमाडौंका सडकमा सवारी चाप ह्वात्तै घट्यो

२०८१ आश्विन २५, शुक्रबार

काठमाडौँ : करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ ।

काठमाडौंका मुख्‍य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सातदोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् ।

शुक्रबार काठमाडौंका सडकमा छिटफुट रुपमा मात्रै सवारीहरू चलेका देखिन्छन् ।

काठमाडौंको रिङरोडमा भने सशस्त्र प्रहरी बलले निशुल्क सवारी चलाएको छ भने नेपाल प्रहरीले नक्सालबाट दुई रूटमा निशुल्क सवारी सञ्चालन गरेको छ । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार