बञ्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

२०८१ आश्विन २५, शुक्रबार

कैलाली : दशैंका बेला परिवारमा बसेर रमाइला गर्नु पर्ने बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

कैलालीको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीलाई बञ्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

बञ्चरो प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार