यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११:३६ बजे

२०८१ आश्विन २५, शुक्रबार

काठमाडौं : यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । दशमीमा टीका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ ।

शनिबार बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र भोलि दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ ।

चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाई दिने पश्चिम फर्केर लगाइ दिँदा राम्रो मानिन्छ । नेवार समुदायले यो दिन मोहनी नखः मनाउने चलन छ । ९ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी उमारिएको नल स्वा अर्थात् जमरा लगाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार