तनहुँमा नदीले बगाएर एकजनाको मृत्यु

२०८१ आश्विन २७, आईतवार

तनहुँ : व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतवार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए। दसैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो। स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार