हलले हिन्दी फिल्मलाई प्राथमिकता दिएपछि निश्चलको चेतावनी: विकल्प खोज्न नपरोस्

२०८१ आश्विन २८, सोमबार

काठमाडौँ : निर्देशक निश्चल बस्नेतले सिनेमा हलले हिन्दी चलचित्रलाई प्राथमिकता दिएको भन्दै विकल्प खोज्ने चेतावनी दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले सिनेमा हलले हिन्दी चलचित्रलाई प्राथमिकता दिएको भन्दै विकल्प खोज्ने चेतावनी दिएका हुन्।

उनले नेपाली चलचित्रको राम्रो प्रतिक्रिया, दर्शकको साथ र समीक्षा राम्रो भए पनि सो भने हलले हिन्दी सिनेमालाई दिएको बताएका छन्।

उनले लेखेका छन्, ‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईँहरू चाहिँ हिन्दी फिल्मलाई नै सो दिइराख्नु है। अकुपेन्सी आलु हुँदा पनि। म चाहिँ हलको विकल्पतिर लागेँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार