नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

२०८१ आश्विन २९, मंगलवार

हेटौंडा : मकवानपुरको वाग्मती गाउँपालिकाको एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । वाग्मती गाउँपालिका—१ हात्तिढुंगाकी १३वर्षीया रुविना तामाङ चिरुवा खोलामा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

रुविनासहित तीन जना बालिकाहरू चिरुवा खोलामा सोमबार दिउँसो नुहाउन गएका थिए । नुहाउने क्रममा उनी खोला डुबेकी थिइन् ।

खोलामा डुबेसँगै नुहाउन गएकी एलिना तामाङले ‘रुविनाको हजुरआमा र हजुरबुबा’ भनेपछि हतारहतारमा आएर खोलाबाट रुविनालाई निकालेका थिए । रुविनालाई तत्कालै उपचारका लागि झुरझुरेस्थित क्लिनिकमा लगिएको थियो ।

उनको उपचार गर्ने क्रममा नै मृत्यु भएृको प्रहरीले जनाएको छ । सोमबार राति नै पोष्टमार्टम गर्न उनको शव हेटौंडा अस्पताल ल्याइएको छ । रुविना मामा घर बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार