इजरायली हवाई आक्रमणबाट मृत्यु हुने लेबनानीको संख्या २ हजार ३०६ पुग्यो

२०८१ आश्विन २९, मंगलवार

काठमाडौँ : इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ । अक्टोबर ८,२०२३ देखि सुरु भएको इजरायली हवाई आक्रमणमा २ हजार बढीको मृत्यु भएको हो ।

सो आक्रमणममा १० हजार ६९८ जना घाइते भएका छन् । गाजापट्टीमा हमास र इजरायल बीचको युद्ध जारी रहँदा हिजबुल्लाह र इजरायली सेनाले लेबनान–इजरायल सीमामा गोलीबारी गर्दै आएका छन् । सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग लेबनानभर सघन हवाई आक्रमणहरू सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार