स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकियो पोर्चुगल

२०८१ आश्विन ३०, बुधबार

काठमाडौँ : यूईएफए नेसन्स लिग अन्तर्गत पोर्चुगल बराबरीमा रोकिएको छ । गए राति सम्पन्न स्कटल्याण्डविरुद्धको खेलमा पोर्चुगल गोलरहित बराबरीमा रोकिएको हो ।

त्यस्तै समूह १ मै रहेका पोल्याण्ड र क्रोसियापनि ३–३ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा पोल्याण्डका लागि पिओट जिएलिन्सकी, निकोला जालेवस्की र सेब्स्टन सिमारिस्कीले एक–एक गोल गरेका थिए । त्यस्तै क्रोसियाका लागि बोर्ना सोसा, पेटार सुसिक र मार्टिन बाटुरिनाले एक–एक गोल गरेका थिए ।

यस खेलमा खेलको ७६औं मिनेटमा डोमिनिक लिभाकोभिकले रातो कार्ड पाएका थिए । यो खेलपछि समूह १ मा पोर्चुगलको ४ खेलमा १० अंक भएको छ र शीर्ष स्थानमा छ भने क्रोसिया ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै पोल्याण्ड ४ खेलमा ४ अंकसहित तेस्रो र स्कटल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार